कास्कीको तीन निर्वाचन क्षेत्रमा ४९ उम्मेदवार मैदानमा
काठमाडाैं | माघ ७, २०८२
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार कास्कीका ३ वटा क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा १७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा पनि १७ जना उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी दिएका छन्, जहाँ अन्य क्षेत्रको तुलनामा महिलाको संख्या केही सन्तोषजनक (३ जना) छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

